सगरमाथा आरोहणको पाँचौ दिन १८ आरोहीको सफल आरोहण

काठमाडौ, ४ जेठ— सगरमाथा आरोहणको पाँचौ दिन १८ आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा गएका दुई समूहका १८ जानाले शिखरमा पाइला टेक्न सफल भएका हुुन । आरोहण गर्नेमा आठ नेपाली र आठ विदेशी रहेको छन । हिजोसम्मको तथ्याङ्कअनुसार यस वर्ष १५९ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् ।
यस वर्षको वसन्त ऋतुमा १५ जना नेपाली महिलासहित ३४६ जनाले सगरमाथा आरोहणका अनुमति लिएका छन् ।