सिन्डिकेट हटाउने महानिर्देशक भट्टराई मन्त्रालय तानिए

काठमाडौं, ५ जेठ, काठमाडौं । यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई मन्त्रालय तानिएको छ । पछिल्लो समय यातायात क्षेत्रमा रहेको सिन्डिकेट तोड्न महत्वपूर्ण भूमिका खेलेका भट्टराईलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महसेठले मन्त्रालय तान्ने निर्णय गरेका हुन् । शुक्रबार सहसचिव ध्रुव जोशीले हस्ताक्षर गरेको पत्र भट्टराईले पाएका छन् । भट्टराईलाई मन्त्रीले थमाएको पत्रमा विशेष काममा लागि मन्त्रालयमा हाजिर हुन भनिएको छ, तर के काममा गल्ती गरेको भनेर उल्लेख भने गरिएको छैन ।