संघीय संसदका दुबै सदनको बैठक बस्दै

काठमाडौ,४ जेठ —संघीय संसदका दुबै सदनको बैठक आज बस्ने भएका छन् । राष्ट्रियसभाको बैठक विहान ११ बजेका लागि बोलाइएको छ छ भने प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथिको छलफल जारी रहेका दुबै सदनमा आज पनि बोल्न बाँकी रहेका सदस्यहरुले आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ ।