‘दुईटा अध्यक्ष हुनुभनेको टेम्पो चलाएको जस्तो होईन्, जेटमा दुईटा पाइलट हुन्छन’ ओली

जेठ ४, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी एकता भएकोमा अत्यनतै हर्षित भएको बताएका छन् । जीवनमा पहिलोपटक आफु अत्यन्तै हर्षित भएको दाबी गर्दै नवगठित पार्टी नेकपामा अध्यक्ष समेत रहेका ओलीले भने, ‘खुशी यसकारण की म अध्यक्ष भएकोलले स्वाभाविक रुपमा श्रेय आउँछ । ड्राईभर त ड्राईभरको सिटमा हुन्छ । गुड्ने त ड्राईभर होईन् टायर हुन् । त्यसकारण पार्टी एकताको प्रमुख श्रेय नेता तथा कार्यकर्ता र जनतामा जान्छ ।’

एकता गर्न एक्लैले गर्न सकिने कुरा नभएको भन्दै अध्यक्ष ओलीले सिंगो देश सिंगो जनता पार्टी एकताको पक्षमा रहेको दाबी गरे । दुईटा अध्यक्ष हुनुभनेको टेम्पो चलाएको जस्तो नभई जेट विमान चलाए जस्तो भएको दाबी गर्दै अध्यक्ष ओलीले भने, ‘दुई अध्यक्ष हुनुभनेको टेम्पो चलाए जस्तो होईन्, जेट विमानमा दुईटा पाइलट हुन्छन् ।’

आफुहरु जेट विमान चलाएजस्तै सिंगो देश चलाउन आएको बताए । पार्टी एकताले आजको देशको आवश्यकता भएको भन्दै ओलीले भने, ‘एउटा महाअभियानले देश चलाउनुछ त्यो महाअभियानले देश चलाउन दुई जनाले सल्लाह गरी, विश्लेषण गरी अठोट गरेका छौं, संकलप गरेका छौं ।’

आउँदो चुनावमा दुई तिहाई नभई कम्तिमा तीन चौथाई ल्याउने दाबी गर्दै भने, ‘ पार्टी एकतासँगै आउँदो चुनाव दुई तिहाई हैन कम्तिमा तीन चौथाई मत आउँछ ।’ न्याय तर्फको यात्रा, समृति तर्फको यात्रा, सुशासन तर्फको यात्रा होस भन्ने चाहना अहिले आएर पुरा भएको दाबी गर्दै अध्यक्ष ओलीले भने, ‘अब देश समृद्धिको यात्रामा अगाडि बढिसक्यो ।’

एमाले र माओवादीबीचको पार्टी एकता मिश्रणको रुपमा नभएर घोलको रुपमा रहेको भन्दै ओलीले भने, ‘हाम्रो एकता मिश्रणको रुपमा होईन् । पानिजस्तै घोलिएका छौं । हिन्द महासागरमा कोशीको पानी खोज्न थाल्दा कहाँबाट पाईन्छ । त्यहा खोजेर हुँदैन् । त्यो घोलिईसकेको हुन्छ ।’

अब एमाले र माओवादी दुवै पार्टी सकिएको भन्दै ओलीले भने, ‘अब एमाले पनि छैन माओवादी केन्द्र पनि छैन् । दुईटै मिलेर एकीकृत भएका छौं ।’ आफुहरुले आज कुनै नयाँ पार्टी नयाँ गठन नगरेको दाबी गर्दै ओलीले भने, ‘पुष्पलालले २००७ सालमै गठन गरेका थिए । त्यसलाई हामीले एकीकृत गरेका हौं । कम्युनिष्टहरु फुट्छन् भन्ने अहिलेसम्मको ईतिहास छ । अब कहिल्यै फुट्दैनन्, त्यो ईतिहासमा मात्रै रहन्छ ।’

अब एउटै पार्टीको सरकार छ एउटै पार्टी रहेको भन्दै ओलीले भने, ‘अब हाम्रा अगाडि सुन्दर सपना रहेका छन् । सबै प्रदेश, स्थानीय तह, संघीय सरकार हाम्रो हातमा छ । कसैसँग ढाल्न सक्ने हिम्मत छैन् । यस्तो अवस्थामा सही नीति बनाएर अगाडि बढ्नुपर्छ ।’

सबै कम्युनिष्ट पार्टीलाई मिल्नको आग्रह गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अब कम्युनिष्ट पार्टीले के–ससाना पसल थाप्नु । सबै कम्युनिष्ट पार्टी आउनुहोु मिलेर देश बनाऔं ।’
देशमा अराजकता सिर्जना गरिरहेका विप्लव लगायतका पार्टीलाई लक्षित गर्दै ओलीले भने, टेडा भएर कुनामा बस्नु हुदैंन् । कम्युनिष्टको यस्तो सम्भावना छ । कोही कोही सुतली बम पड्काउनमा व्यस्त छन् । आउनुहोस् सुतली बम पड्काउनु छोडेर देश बनाउनमा लागौं ।’