‘सानो मेहनतले पार्टी एकीकरणलाई यो विन्दुसम्म ल्याएको होइन’ —माधवकुमार नेपाल

 

काठमाडौ, ३ जेठ — पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमाले र माओवादी केन्द्रको एकता ठूलो मेहनतले सफल भएको बताएका छन् । राष्ट्रिय सभा गृहमा आयोजित पार्टी एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले लामो अन्तरक्रिया र बहसपछि पार्टी एकता सम्भव भएको बताए ।

‘हामीले सानो मेहनतले पार्टी एकीकरणलाई यो विन्दुसम्म ल्याएको होइन, निक्कै लामो अन्तरक्रिया, विश्व कम्युनिष्ट आन्दोलन र नेपालको कम्युनिष्ट आन्दोलनका उतारचढावमाथि गहिरो बहस र छलफल गरेपछि एकता गर्ने निश्कर्षमा पुगेका हौं’, उनले भने ।