हामी मिसिएका होइनौँ, घोलिएका हौँः — प्रधानमन्त्री

 

काठमाडौ ३ जेठ —प्रधानमन्त्री एवं नवगठित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी ओलीले एमाले र माओवादी केन्द्र एक अर्कामा घोलिएको मात्र बताएका छन् । राष्ट्रिय सभागृहमा पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले भने,‘हामी एक अर्कामा मिसिएका होइनौं, घोलिएका हौं, हिन्द महासागरमा गएर कोसीको पानी खोज्न थालियो भने कहाँ पाइन्छ ?’
उनले भने ‘दुई तिहाइ नेपालमा कम्युनिष्टका लागि अब सामान्य जोडघटाउको कुरा हो आउँदो चुनाव कम्तिमा हामीले तीन चौथाई मत ल्याउँछौं’, उनले भने,‘ यस्तो भन्दा केहि मान्छेलाई ठट्टाजस्तो लाग्दो हो, ६ महिनाअघि क–कसलाई के के कुरा ठट्टा लाग्थ्यो हेक्का गर्नुस् त ।’