मणिविक्रम शाहलाइ रंगशालामा श्रद्धाञ्जली

काठमाडौ १ जेठ —नेपालका पूर्व राष्ट्रिय फुटबलर मणिविक्रम शाहको पार्थीव शरीरलाई अहिले अन्तिम श्रद्धाञ्जलीका लागि दशरथ रंगशालामा राखिएको छ । ५१ वर्षीय शाहलाई अकस्मात ज्वरो आएपछि आइतबार राति नै थापाथलीस्थित नर्भिक अस्पतालमा लगिएको थियो । अस्पताल पुग्दा नै शाहको स्वास्थ्य अवस्था गम्भीर भइसकेको जनाउँदै अस्पतालले आइसियूमा राखी उपचार गरेको थियो । शाह लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट ग्रस्त थिए । अन्तिम श्रद्धाञ्जली दिन पूर्वप्रधानमन्त्री एवं कांग्रस सभापति शेरबहादुर देउवा, खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), प्रदेश ३ का प्रमख अनुराधा कोइराला, कांग्रेस नेता प्रकाशमान सिंह, गगन थापा, पूर्वएन्फा अध्यक्ष गणेश थापा, नेपाली फुटवलका राष्ट्रिय खेलाडीहरु, विभिन्न क्लवका पदाधिकारी लगाएत सर्वसाधारण यतिबेला रंगशालामा उपस्थित छन ।