आज मौसममा बदली भई बर्षा हुुने मौषमबिद्को भनाई

काठमाडौ,१ जेठ — आज मौसममा सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी क्षेत्रमा आज सामान्य वर्षा हुने र मध्य तथा पश्चिमका हिमाली क्षेत्रमा सामान्य बादल लाग्ने मौसम विभागले जनाएको छ । आज पनि केही स्थानमा ठूलो हुरीबताससहित भारी वर्षा हुन सक्ने विभागको भनाई छ ।
त्यस्तै, आज रातीसम्म पनि मौसममा सुधार नआउने र केही स्थानमा भारी वर्षा हुन सक्ने मौसम विभागले जनाएको छ । देशैभरका ठुला नदीहरुमा हालको जलसतह सामान्य अवस्थामा रहेपनि देशको पुर्वि क्षेत्रमा आज मध्यम वर्षा हुने संभावना भएकोले स–साना खोलाहरुमा एक्कासी आउन सक्ने बाढीको संभावना रहेको विभागको भनाई छ ।

 
विगत २४ घण्टाको अवधिमा दोलखाको जिरी नगरपालिकामा सबैभन्दा बढी ५८.६ मिलीमिटर वर्षा भएको छ त्यसपछि नेपालगञ्जमा ४३.३ मिलीमिटर र सुर्खेतको विरेन्द्रनगरमा ३६.५ मिलिमिटर वर्षा भएको छ ।