सत्तापक्षका सांसद वीच नै आरोप प्रत्यारोप


जेष्ठ १, काठमाडौ—दुई पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेता बीच अविश्वास बढ्दै गएपछि एकता प्रकृया अन्योलमा परेको छ । पार्टी एकता सम्वन्धी सहमति जुटाउन नसकेका दुई पार्टीका नेताले पछिल्लो समय पार्टी एकताका विषयमा छलफलसमेत गर्न छोडेका छन् ।
वरु राजनीतिक घटनाक्रममा दुई पार्टीका नेताहरुबीच असहमति वढ्दै गए पछि पार्टी एकताको प्रसंग सेलाएको छ । अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे पनि माओवादीले असन्तुष्टी व्यक्त गरेको छ । एउटै घोषणापत्र लिएर चुनावमा गएको पार्टी संगै सरकारमा हुँदा पनि बजेटका प्राथमिकताबारे आफूहरुसँग छलफल नभएको माओवादीको गुनासो छ ।
त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका लागि सरकारले यसअघि गरेका तयारीमा पनि आफूहरुलाई बाइपास गरिएको माओवादी नेताहरुको ठहर छ । त्यसबाहेक सार्वजनिक कार्यक्रमहरुमा दुई पार्टीका नेताहरुले दिने अभिव्यक्तिका कारण पार्टी एकताको विषयमा जटिल बन्दै गएको ठानिएको छ । यसअघि एमाले र माओवादीबीच केन्द्रीय कमिटिको भागवण्डामा केही असहमति बाँकी रहेको भए पनि पछिल्लो समय असहतिहरु बढ्दै गएका छन् ।