मिथिलाञ्चलमा वटसावित्री पर्व मनाइदै

काठमाडौ, १ जेठ— मिथिलाञ्चलमा अखण्ड शौभाग्यको कामना गर्दै आज बिहानैदेखि विवाहिताहरु वटसावित्री पर्व धार्मिक विधिपूर्वक मनाइरहेका छन् परापूर्वकालदेखि जेठको औँसीका दिन यो पर्व मनाउने गरिन्छ । आज बिहान ९ बजेसम्म मात्र शुभसाइत रहेको छ । त्यसपछि अधिकमास शुरु हुने भएकाले बिहानैदेखि पर्व मनाउनका लागि विभिन्न बरका रुखमुनि घुइँचो लागेको छ ।
पतिको दीर्घायु, सुस्वास्थ्य र मंगलमय कामनाका लागि यो पर्व मनाउन थालिएको विश्वास गरिन्छ ।