मोदीको राजनीतिक भेटवार्ता —प्रचण्ड र उपेन्द्रसँग एक्लाएक्लै, कांग्रेस र राजपासँग सामुहिक

 

काठमाडौं, २९ बैशाख —भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमणको दोस्रो दिन धार्मिक पूजाआजसहित राजनीतिक भेटघाटलाई पनि तीब्रता दिएका छन्।पशुपतिनाथमा पूजाअर्चना गरेर नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका नेताहरूलाई सामुहिक रुपमा भेटेका प्रधानमन्त्री मोदीले त्यसलगत्तै पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एकान्त भेटवार्ता गरेका छन्।