मोदीबारे डा. बाबुरामको यस्तो ट्वीट

काठमाडौ २९, बैशाख— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहेका बेला पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइले नेपाल–भारतबीचको सन् १९५० को सन्धिको पुनःलेखन गर्दै ट्वीट गरेका छन.। भट्टराइले “भावनात्मक र खुद्रा कुरा हैन समस्याका संरचनागत कारणमा पस्नोस् ! प्रवुद्ध समूह मार्फत् एकमुष्ट समाधान खोज्नोस् । राणाकालीन १९५० को सन्धी सट्टा २१ औं शताब्दी सुहाउँदो नयाँ सन्धी गर्नोस् । नेपालको राष्ट्रिय सम्मान र समृद्धि र भारतको सुरक्षा चासोको मिलनविन्दु खोज्नोस्!” भनेका छन ।