दुई वर्षपछि हेटौंडा–काठमाडौं सडक खण्डमा सुरुमार्ग निर्माण गरिने

बैशाख २७,मकवानपुर – प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले दुई वर्षपछि हेटौंडा–काठमाडौं सडक खण्डमा सुरुमार्ग निर्माण गरिने बताएका छन् । प्रदेश राजधानी हेटौंडामा बुधबार आयोजित नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश कार्यसमितिको सपथ ग्रहण, प्रमाणपत्र वितरण तथा बधाई ज्ञापन कार्यक्रममा उनले सुरुङ्ग मार्ग बन्नेमा ढुक्क हुन आग्रह गरे ।

यसअघि नेपाल पूर्वाधार विकास कम्पनीले जनता र स्थानीय निकायसँग शेयर बापत रकम उठाएपनि सुरुङ्ग मार्ग नबनाएपछि प्रदेश सरकारले महत्व दिएको हो । ‘हेटौंडा–कुलेखानी–काठमाण्डौं सडक अन्तर्गत भिमफेदी–कुलेखानी सुरुङमार्गलाई प्रदेशको गौरवको योजनामा राखेका छौं,’ उनले भने ‘मेरो सबैभन्दा नगरि नहुने काम भित्र पथ्र्यो, त्यो काम यो कार्यकालमा पूर्ण हुन्छ, २ बर्षपछि हामी सुरुमार्ग भित्रबाट काठमाडौं जान्छौं ।’

यातायात व्यावसायीको सिन्डीकेट अन्त्य गर्न पत्रकार र मिडियाले खेलेको भुमिकाको तारिफ गर्दै उनले नमुना प्रदेश बनाउने लक्ष्य राखिएपनि पुरानो कार्यशैली, सोचले नमुना बनाउन नसकिने बताए । प्रदेशलाई भष्ट्राचारमुक्त बनाउन सरकारले पहिलो प्राथमिकतामा राखेको खुलासा गर्दै उनले सबको साथ सहयोग अत्यावश्यक रहेको तर्क गरे । २०७५ साललाई प्रदेश सरकारले औद्योगिक वर्ष घोषणा गर्न तयारी अन्तिम चरणमा पुगेको बताउँदै उनले औद्योगिक वर्ष भित्र दर्ता भएका उद्योगहरुलाई दर्ता छुट दिने बताए।
नागरिकबाट