प्रकृती दाहाल
काठमाडौ—पोखरा डुल्दै थिए, महेश आचार्य । चित्रकारहरु बाटोमा बसेर चित्र बेचिरहेको दृश्य उनको आ“खामा पर्यो । फोटो जस्तै सफा र सुन्दर हिमालका चित्र । ठ्याक्कै अगाडि टल्कीएको हिमाल जस्तै । कसरी बनाएको होला दुरुस्तै ? महेशको बालमनोभावमा यस्ता थुप्रै कौतुहुलता जागे । अझ उनलाई ६ सय रुपैया तिरेर चित्र किनेका पर्यटक देखेर अचम्म लाग्यो । रमाइलो र कमाई दवै हुने क्षेत्र चित्रकला रहेको महेशले बालकैमा बुझे । र उनले त्यतिबेला देखि नै आफु चित्रकार बन्ने सपना बुन्न थाले । हुनत पछि किशोर अवस्थामा उनले कानुन विषय लिएर पढे । यता फाइन आर्ट शिक्षा पनि निरन्तर गरे । कानुनसंगै पढेका उनका साथीहरु अहिले अधिवक्तामा नाम कमाएका छन् । महेश चाहि चित्रकला बेचेरै रमाएका छन् । ‘कलामा आत्मसन्तुष्टि संगै आम्दानी पनि छ’, महेशले भने, ‘तर, मेहनत र साधाना धेरै गर्नु पर्छ ।’
पोखराले साहित्यकार र कलाकार थुप्रै जन्माएकोछ । स्याङ्जामा जन्मे र पोखरामा हुर्किएका उनी यो प्रभावबाट अछुतो रहने कुरै भएन् । ललितकला क्याम्पसमा निरन्तर अध्ययन गर्दा देखि नै महेश व्यवसायिक चित्रकार बनिसकेका थिए । चित्र बेच्ने अनि पढाई खर्च समेत जुटाउने गर्ने उनी । महेशका अनुसार उसबेला ग्यालरी एक दुई वटा थिए । जहा प्रर्दशनी गर्न गाह्रो थियो । चित्र किन्नु पर्छ भन्ने नेपाली जनमानसमा जानकारी थिएन । केहि टुरिस्टले किनि हाले भने खुसिको दिन हुथ्यो कलाकारलाई । महेश ग्यालरी छैन भन्दैमा मौन रहेनन । उनले आफ्नो कला ठमेलका पसलहरुमा प्रर्दशन गर्थे र बेच्थे ।
त्यसपछि उनको जिवनस्तरमा समेत सुधार हुदै गयो । आर्ट ग्यालरीमा भने उनले पहिलोपटक पोखराका उमाशंकरको ग्यालरीबाट हिमालको चित्र बेचेका थिए । त्यसपछि बिस्तारै चित्रका बारेमा मानिसले बुझन थालेको उनको अनुभव छ । नेपाली चित्रहरु बिदेशीले समेत लिएर जान थाले । बिदेशी पैसा भित्रीन थालेपछि ‘इजुकेट फाइन आर्ट’ स्थापना समेत उनले गरे ।
उनी प्रायः नेपालका सम्पदाहरु क्यानभासमा उर्ताने गर्छन । उनी भन्छन्, ‘देश राम्रो हुुने भनेकै सम्पदा र सुुन्दरताले हो, त्यसैले सुुन्दरताहरुलाई हामीले देखाउन सक्नुुपर्र्दछ ।’ जुन देशमा कलाको बिकास हुुन्छ त्यो देश बिकसित हुुने उनको तर्क छ । २०७२ सालको महाभुुकम्पपछि भत्किएका सम्पदाहरु पनि उनले क्यानभासमा उतारेका छन । उनलाइ आफुुले कोरेका चित्रहरुमा दुुख देखाउन मन लाग्दैन । चित्रमा मनोरञ्जन पनि हुुनुुपर्ने उनी बताउछन । ‘चित्र भनेको यस्तो हुनुपर्दछ हेरेपछि मनमा आनन्द आओस’ उनी भन्छन । उनले अहिले सम्म सामुुहिक रुपमा सा्रेह वटा प्रर्दशनी गरेका छन। भने एकल प्रर्दशनी अमेरिकामा २०१३ मा गरेका छन । प्रर्दशनीकै क्रममा अमेरिका, कोरिया, मंगोलिया, दुहबी जस्ता देशहरुमा पुुगिसकेका उनी नेपालका आर्टिसहरुहरुको अवस्था अझै पनि माथि उठ्न नसकेको बताउछन । कलामा कलाकारको महत्व बुुझाउन अझै पनि नसकेको उनको भनाइ छ ।
उनले अबको योजना भनेको राष्ट्रिय स्तरको कला क्षेत्र निर्माण गर्ने हो । आफु बलियो नभई समाजमा केहि पनि दिन नसकिने र यसको सुरुवात भने आफैल गर्ने पर्ने उनको सोचाइ रहेको छ ।