भारतमा भूकम्पको ठूलो झट्का महशुस

बैशाख २७,नयाँ दिल्ली – भारतको राजधानी नयाँ दिल्ली र अर्को राज्य काश्मीर समेत उत्तर भारतमा बुधवार भूकम्पको कडा झट्का महसूस भएको छ । अफगानिस्तान, तजाकिस्तान, पाकिस्तानमा ६.४ म्याग्निच्यूडको भूकम्प गएको हो । जसको असर भारतका उत्तरी राज्यमा पनि परेको हो ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार दिउँसो ३ बजेर ४ मिनेटमा पृथ्वीको सतहभन्दा ९७ किलोमिटर तल भूकम्प गएको हो । तर यो भूकम्पबाट भएको भौतिक तथा मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन । अर्कातिर दिल्लीमा दिउँसो अचानक मौसम बद्लिँदै बादलले ढाकेको छ । हरियाणाका कयौँ जिल्लामा तीब्र गतिको हावा चलेको छ ।मौसम विभागले दिल्ली र उत्तर भारतमा आँधी आउने चेतावनी दिएको छ । यसका अलावा उत्तराखण्डमा चारधाम यात्रा एक दिन पछि सुरु भएको छ ।
एजेन्सी