तेस्रो राष्ट्रिय पत्रकारिता दिवस आज मनाइदै

काठमाडौ, २४ बैशाख—तेस्रो राष्ट्रिय पत्रकारिता दिवस, आज विभिन्न कार्यक्रम गरी मनाईँदैछ । गोरखापत्र स्थापना दिवसको अवसर पारेर विगत तीन वर्षदेखि मनाईँदै आएकोे छ । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. महेन्द्र विष्ट र मधेशवाणी साप्ताहिकका सम्पादक डा. राजेश अहिराजलाई राष्ट्रिय पत्रकारिता पुरस्कार २०७४ प्रदान गर्ने भएको छ ।
त्यसैगरी पत्रकार कौशल चेम्जोङ, मानबहादुर बुढाथोकी र बबिता बस्नेतलाई वरिष्ठ पत्रकार सम्मान २०७४ प्रदान गर्ने भएको छ । तेस्रो राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हिजो पुरस्कारको घोषणा गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले आज राष्ट्रपति कार्यालय शितल निवासमा पुरस्कार तथा सम्मान प्रदान गर्ने कार्यक्रम रहेको पुरस्कार र सम्मानको राशी जनही दुई लाख रुपियाँ रहेको छ ।