मोदीको यस्तो छ नेपाल भ्रमणको तालिका

बैशाख २४, काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैशाख २८ गतेबाट सुरु गर्ने दुईदिने नेपालको राजकीय भ्रमणको सिलसिलामा जनकपुर, काठमाडौं र मुक्तिनाथमा साँढे २९ घण्टा बिताउन भएका छन् ।

भ्रमण तालिकाअनुसार वैशाख २८ गते बिहान जनकुरबाट सुरु हुने मोदीको नेपाल भ्रमण काठमाडौं हुँदै मुक्तिनाथबाट पुनः काठमाडौं आई अन्त्य हुनेछ । मोदी २८ गते बिहान नयाँदिल्लीबाट विहारको राजधानी पटना हुँदै भारतीय हवाई सेनाको विशेष हेलिकोप्टरमा जनकपुर विमानस्थलमा आउनुहुनेछ ।

जनकपुरको जानकी मन्दिरमा पूजा सम्पन्न गरेपछि मोदी रामायण सर्किटसम्बन्धी कार्यक्रममा सहभागी भएपछि काठमाडौं सेनाको हेलिकोप्टरबाट आउनुहुनेछ । विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वागत गर्ने कार्यक्रम छ ।

– नागरिक दैनिक