नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दै

काठमाडौ, २४ बैशाख— नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दैछ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा केहीबेरमा बस्ने बैठकमा संसदीय दलको नेतासमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना सांसदहरुलाई निर्देशन दिने कार्यक्रम रहेको छ । संसदमा बजेट अधिवेशन सुरु भइसकेको सन्दर्भमा आफ्नो पार्टीका सबै संसद सदस्यलाई एकरुपताका साथ बोल्न अध्यक्ष दाहालले निर्देशन दिन लागेका हुन ।
यसअघि हिजो नेकपा एमालेको संसदीय दलको बैठक बसेको थियो । बैठकमा अध्यक्ष केपी ओलीले एमाले सांसदहरुलाई पार्टीको सल्लाह र निर्देशन विपरित नबोल्न निर्देशन दिँदै संसद बैठक र कुनै पनि विधेयकमाथि हुने छलफलमा भाग लिन निर्देशन दिएका थिए ।