संयुक्त अधिवेशनको तयारीमा एमाले–माओवादी

बैशाख २४, काठमाडौं – एमाले र माओवादी केन्द्रले आन्तरिक तयारी सकेर पार्टी एकता घोषणाका लागि जेठ पहिलो साता ‘संयुक्त अधिवेशन’ बोलाउने भएका छन् । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो छलफलमा दुवै पार्टी विघटन र नयाँ पार्टी घोषणाका लागि ‘संयुक्त अधिवेशन’ बोलाउने समझदारी गरेका हुन् ।

जेठको पहिलो साता संयुक्त अधिवेशन बोलाउने सहमति भइसके पनि पार्टी एकता संयोजन समितिको बैठक मार्फत मिति तोक्ने तयारी छ । बालुवाटार निकट स्रोतले पनि केन्द्रीय कमिटी सहित दश वटै तहका कमिटीको आकार प्रतिशतमा नभएर दुवै पार्टीबाट योग्य नेता छनोट गरेर टुंग्याउने गरी अध्यक्षकै तहमा गृहकार्य भइरहेको दाबी गरेको छ ।
नयाँ पत्रिकाबाट