‘सिन्डिकेट अन्त्य गर्न सरकार पछि हट्दैन’ —गृहमन्त्री

 

काठमाडौँ २३ वैशाख — गृहमन्त्री रामबहादुर थापाले सिन्डिकेट अन्त्य गर्न चालेको कदमबाट सरकार पछि नहट्ने दाबी गरेका छन् । आइतबार आफूलाई भेट्न पुगेका उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधिमण्डलसँगको कुराकानीमा गृहमन्त्री थापाले विगतमा सिन्डिकेट हटाउन गरिएको प्रयास असफल भएको उल्लेख गर्दै अब यो निर्णयबाट पछि नफर्कने बताएका हुन् । ‘सिन्डिकेट अन्त्य जरुरी होइन कि अनिवार्य छ भनेर यो कदम उठाएका हौं । हुन त, हिजो पनि प्रयास नगरेका होइनन् तर सफल भएनौं । पछाडि फर्क्यौ’ उनले भने, ‘अब यो निर्णयबाट पछाडि फर्कनु हुँदैन, यो छुट हामीलाई छैन ।’