सन्दर्भ सिन्डिकेट खारेजीको बिरोध — बसमा कोचिँदा

प्रकृती दाहाल
काठमाडौ—२०७५ वैशाख २१ गते शुक्रबार । यातायात व्यावसायीले सिन्डिकेट खारेजीको विरोधमा गाडी बन्द गरेको दिन । करिब २ बजेतिर कोटेश्वर जानका लागि माइतीघर मण्डलामा गाडी कुरिरहेकी थिए । आधा घण्टा कुरिरहदा पनि सार्वजनिक यातायात आएन । केहिवेरको पट्यार लाग्दो पर्खाइ पछि बल्ल साझा बस हुइकिदै आयो । मनमा थोरै भए पनि आशा पलायो । गाडी चढ्न नजिक पुगे । वल्ल वल्ल एउटा खुटा टेक्न पाए । तर अर्को खुटा राख्ने ठाउ पाउन सकिन । निकै भिड थियो । झर्छु भो भनेर सोचे तर अरु बिकल्प थिएन ।
ढेलमढेल गरि बसको बिच भागमा पुगे । दुइ मोटी महिलाहरुको बिचमा चेपिन पुगेँ । सास रोकिएला जस्तो भयो । चिसो मौसम भए पनि शरीर पसिनाले पुरै भिजिसकेको थियो । जसोतसो चेपिएर भए पनि यात्रा गरिरहेकी थिए ।  झ्यालवाट गाडी सहयोगीको चर्को आवाज कानैमा गुन्जियो ‘बैनी अलि पर सर्नुसत, त्यत्रो ठाँउ छ त्यहाँ’ । मान्छेलाई सिन्की खाँदे जसरी खाद्न खोज्छन यि गाडीवालाहरु भन्दै यात्रु गुनगुनाइरहेको सुने । अलि पछाडी एउटा वच्चा आमाको काखमा चेपिएर रोइरहेको थियो । आमा सित कुनै विकल्प थिएन । वुढापाका पनि सकस पूर्ण यात्रा गरेका थिए ।
त्यसो त काठमाडौमा मात्रै होइन देशभरी नै यस्तो समस्या यात्रुुले भोगेका छन । यसमा सहजता थप्न मयुुर, साझा वस अनि निजी सवारी साधन समेत लागेका छन । यस्तै सोचाइ मनमा आइरहेको थियो । असहज यात्रा भए पनि मेरो गन्तव्य कोटेश्वर सम्म पुगे । गाडीवाट ओर्लिए । पछि मनमा धेरै कुरा गुने । गाडीवालाहरुको लुटतन्त्रले हामी जस्ता सर्वसाधरणले कहिलेसम्म दुख भोग्नुपर्ने हो ? कति सरकार फेरीए तर सिन्डिकेट किन रोकिएन ? फेरी अहिलेको सरकारले सिन्डिकेट खारेज गर्दा किन यातायात वन्द ? तमाम यात्रुको अहित हुदा पनि किन व्यवसायी सरकार विरुद्ध उत्रिएका होलान ? यिनै प्रश्नममा घोत्लिदै अगाडी वढ्दा सम्झिए साझा यातायात संचालन हुदा पनि विरोध भएको थियो । तर चल्यो । अव मयुर यातायातले गर्दा त ठूलै रुप लियो । सिन्डिकेट नै खारेज भयो ।

सरकार सिन्डिकेट बिरुद्ध खरो रुपमा प्रस्तुत भए पछि व्यबसायीहरुले आफना सम्पुर्ण आन्दोलन फिर्ता लिएका छन । जनताले सरकारले लिएको सिन्डिकेट खारेजको निर्णयलाई पूर्ण रुपमा साथ दिएका छन । अव सरकारले सहज र सरल तरिकाले यात्री आवतजावत गर्ने अवस्था सृजना गर्न सक्छकी सक्दैन होला त्यो हेर्न वाँकी छ । सुरक्षित, व्यवस्थित र सुलभ यातायात व्यवस्था मिलाउन आजको तड्कारो आवश्यकता हो ।