गुल्मीका बिभिन्न स्थानमा बम बिष्फोट

 

काठमाडौ,२२ बैशाख — विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको बन्दको पुर्वसन्ध्यामा गुल्मीका बिभिन्न स्थानमा बम बिष्फोट भएको छ । सदरमुकाम तम्घास नजिकै राती १० वजे वम विस्फोट भएको प्रहरीले जनाएको छ । त्यस्तै रुरु गाउँपालिको वलेटक्सार वजार नजिक र रिडी क्षेत्रमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रहरी प्रमुख प्रहरी निरिक्षक डाक्टर प्रसाद चौधरीले जानकारी दिनुभयो । बम कस्ले किन विस्फोटक गराएको भन्ने वारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विप्लब समुहले आजका लागि आव्हान गरेको आमहड्ताललाई लक्षित गरि विस्फोटन गराएको हुनसक्ने अनुमान गरिएको छ ।