मदिरा सेवन गर्दा शिक्षकले पाए अवकाश

काठमाडौ,२२ बैशाख— मदिरा सेवन गरेर विद्यालय गएपछि जाजरकोटको कुशेगाउँपालिका–५ खुर्पास्थित लक्ष्मी प्राप्ति माविका शिक्षक हेमराज शाहीलाई अवकाश दिइएको छ ।
मावि तह राहत दरबन्दीको अंग्रेजी विषयमा कार्यरत शाहीले विद्यालय समयमा पटक पटक मदिरा पिएर पठनपाठनमा बाधा पु¥याएपछि अवबाश दिइएको हो । बारम्बार चेतावनी दिँदा पनि अटेर गरेपछि अभिभावक भेलाले उनलाई अवकाश गर्न सिफारिस गरेको थियो ।