कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

बैशाख ७, काठमाडौं –नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ। शुक्रबार ११ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बोलाइएको बैठक विशेष कारणवस स्थगित भएको कांग्रेसले जनाएको छ।

केन्द्रीय समितिको बैठक बैशाख ९ गते बस्ने कांग्रेसले जनाएको छ।