नयाँ मिस नेपाल भन्छिन ‘आफ्नो पहिचानका लागि मिस नेपालमा भाँग लिए ।’

 

काठमाडौं, ८ वैशाख शृंखला खतिवडा मिस नेपाल २०१८ विजेता बनेकी छन। उनीसंग गरिएको कुराकानी
मिस नेपालमा भाग लिने सोच कहिलेबाट र कसरी आयो ?

सानैदेखि मिस नेपाल प्रतियोगिता राम्रो लाग्थ्यो । मेरो बच्चादेखिकै रहर पनि हो । मिस नेपाल भएपछि सबैले चिन्छन् भन्ने मनसाय थियो ममा । बिस्तारै बुझ्दै जाँदा सबैले चिन्ने मात्र नभएर मिस नेपालको आवाज पनि बलियो हुँदोरहेछ भन्ने थाहा भयो । त्यसले गर्दा मिस नेपाल हुन्छु भन्ने संकल्प कसेँ । त्यहीअनुसार आफूलाई क्षमतावान बनाएँ । पूर्वयोजनाका साथ यो वर्ष भाग लिएकी हुँ ।

पूर्वयोजना कस्तो थियो ?

म आर्किटेक्चरको विद्यार्थी हुँ । ब्याचलर पढ्दादेखि नै मिस नेपालमा भाग लिन्छु भन्ने सोच बनाएकी थिएँ । ब्याचलर सक्दा २०१८ को मिस नेपालमा भाग लिन पाउँथेँ । यही नै पूर्वयोजना हो ।

मिस नेपालमा भाग लिन जान्छु भनेर परिवारलाई कहिले भन्नुभयो ?

मेरो रहर छ भनेरचाहिँ थाहा पाउनुभएको थिएन । भन्न त पहिलादेखि नै आमालाई भनिरहेकी थिएँ । तर, उहाँलाई म जिस्किएकोजस्तो लागेको रहेछ । मैले उहाँलाई मनाइरहेँ । आमाले नै बाबालाई मेरो इच्छा सुनाइदिनुभयो ।

परिवारले सहजै स्वीकार गर्नुभयो ?

खासमा आमाबाबाको मिस नेपाल ग्ल्यामर फिल्ड हो भन्ने बुझाइ थियो । त्यति नै वेला पूर्व्मिस नेपाल सदीक्षा श्रेष्ठले विद्याभूषण जितेपछि उहाँहरूलाई सम्झाउन सहज भयो । मिस नेपाल भनेको ग्ल्यामर मात्र नभएर अवसर पनि हो । म फेमका लागि नभएर प्लेटफर्मका लागि जान लागेको हो भनेँ। त्यसपछि उहाँहरू कन्भिन्स हुनुभयो । साथ पनि दिनुभयो ।

उपाधि जितेपछि आमा–बुवाको प्रतिक्रिया कस्तो आयो ?

एकदम खुसी हुनुहुन्छ । आमा देशबाहिर हुनुहुन्थ्यो, बुवाचाहीँ यहीँ । आमासँग मिस नेपाल भएको एक हप्तापछि मात्र भेट भयो । अगाडि फोनमा कुराकानी भइरहेको थियो । बुवाले प्लेटफर्मको सदुपयोग गर्नु भनेर सुझाब दिनुभएको छ । मेरो जितले उहाँहरू गौरवान्वित हुनुहुन्छ ।

मैले आफ्नो पहिचानका लागि मिस नेपालमा भाग लिएकी हुँ । पहिचान बनाउन पनि सफल भएँ । सांसदको छोरी हुनु मेरो रोजाइ होइन । उहाँहरूको रुचि, रोजाइअनुसार राजनीतिमा लाग्नुभयो, सांसद हुनुभयो । म मेरो क्षमताले मिस नेपाल भएँ । त्यसैले, सांसदकी छोरी मिस नेपाल भई भनेर हल्ला गर्नुको औचित्य देख्दिनँ ।

कम्युनिस्ट सांसदको छोरी मिस नेपाल भई भनेर चर्चा भयो, कस्तो लागिरहेको छ ?

यो कुरा मलाई चित्त बुझिरहेको छैन । किनभने मैले आफ्नो पहिचानका लागि मिस नेपालमा भाग लिएकी हुँ । पहिचान बनाउन पनि सफल भएँ । सांसदको छोरी हुनु मेरो रोजाइ होइन । उहाँहरूको रुचि, रोजाइअनुसार राजनीतिमा लाग्नुभयो, सांसद हुनुभयो । उहाँहरू सांसद भएकै कारण म मिस नेपाल भएकी भए जोड्न मिल्थ्यो, तर म मेरो आफ्नो क्षमताको कारण मिस नेपाल भएकी हुँ ।

सांसदकी छोरी मिस नेपाल भई भनेर हल्ला गर्नुको औचित्य देख्दिनँ । पुल्चोक इन्जिनियरिङ कलेजको आर्किटेक्चरको टपर हुँ । त्यसैले मेरै क्षमतासँग जोडिएर चर्चा होस् । न कि सांसदकी छोरी भई भनेर विवाद । संसद् भवनमा सांसद विरोध खतिवडाकी छोरी भनेर चर्चा हुनु स्वाभाविक हो ।

तर, मिस नेपाल भएपछि सांसदकी छोरी भनेर जबर्जस्ती आमाबुवासँग जोड्नु ठीक होइन । अस्वाभाविक विवादले मेरो पहिचान बंग्याउन खोजियो । मेरो पहिचानलाई जबर्जस्ती गौण बनाइयो ।
साभार नयाँ प्रत्रिका