वलत्कारका आरोपी पक्राउ

बैशाख ७, काठमाडौ–वलत्कारका आरोपी ५० वर्षीय वृद्ध जीतबहादुर मगर पक्राउ परेका छन् । उनी मोरङमा ८ वर्षीय बालिकालाई बलात्कार गरेर फरार भएका थिए ।
उनलाई इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले झापाको गौरीगञ्ज क्षेत्रबाट पक्राउ गरेको हो ।
बिस्कुट खुवाउने वहाना गरि घरमा बोलाएर मगरले बालिकामाथि बलात्कार गरेको प्रहरीमा दिइएको जाहेरीमा उल्लेख छ ।
पीडित बालिकाकी ११ वर्षीया दिदीले त्यो सबै देखेपछि बहिनीको उद्धार गरेर घर लगेकी उल्लेख गरिएको छ ।