सगरमाथा चढ्ने महिला पत्रकारलाई काठमाडौ नगरपालिद्धारा २५ लाख रुपैया हस्तान्तरण

काठमाडौ,बैशाख ४— सगरमाथा आरोहणको लागि जान लागेका महिला पत्रकारको समुहलाई काठमाडौ नगरपालिकाले २५ लाख रुपैया हस्तान्तरण गरेको छ ।
कामपा प्रमुख विद्यासुन्दर शाक्यले आरोहणको सफलताको कामना सहित रकम हस्तान्तरण गर्दै सफलतापछि महानगरको सार्वजनिक कार्यक्रममा योगदान समेत धारणा व्यतm गरे ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले आफैंँसँग भएको क्षमताको प्रयोगबाट पर्यटकीय सम्भावना खोज्न सकिने बताए ।
आरोहण टोली प्रमुख रोजिता वुद्धाचार्य(नेपाल टेलिभिजन)ले फर्किएपछि हिमाल, पहाड र तराईको सम्बन्ध जोड्ने पर्यटन प्रबर्धनमा सक्रिय रहने बताइन ।

आरोही अन्य महिलामा मेघा टेलिभिजनकी कल्पना महर्जन, राष्ट्रिय समाचार समितिकी रोशा बस्नेत, न्यूज ट्वान्टी फोरकी प्रियालक्ष्मी कार्की र स्वतन्त्र पत्रकार देउराली चाम्लिङ राई छन् । आरोहण टोली बुधबार लुक्लातर्फ प्रस्थान गर्नेछ ।
उनीहरुको आरोहण व्यवस्थापन ड्रिमर्स डेस्टिनेसन ट्रेक एण्ड एक्सिडिसनले गरेको छ ।