सवारी दुर्घटनामा दुई जनाको मृत्यु

चैत्र ३०, काठमाडौ–मोरङमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बेलबारीमा को १२ प ४६५९ नम्बर मोटरसाइकललाई को १ त ९९१० नम्बर ट्रयाक्टरले ठक्कर दिंदा ताप्लेजुङको मैवाखोलाका १७ वर्षीय मिसत लिम्बूको गए राति मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक मोरङको सुन्दर हरैंचा नगरपालिकाका १६ वर्षीय पवन राई र त्यसैमा पछाडी वसी सवार गरेकी संगीत राई घाइते भएका छन् । उनीहरुको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।