महानिरीक्षकद्वयलाई फुली प्रदान

चैत्र २९,काठमाडौ–नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त हुनुभएका सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीको महानिरीक्षकमा नियुक्त हुनुभएका शैलेन्द्र खनालले विहिवार देखि आफ्नो कार्यभार सम्हाल्नुभएको छ ।
उहाँहरुले आजै आईजीपीको दज्र्यानी चिन्ह ग्रहण गर्नुभएको छ । गृहसचिव प्रेम कुमार राईले सर्वेन्द्र खनाल र शैलेन्द्र खनाललाई आईजीपीको फुली लगाइ दिनु भएको हो ।
सर्वेन्द्र र शैलेन्द्र दुवैलाई मंगलबार सरकारले महानिरीक्षक पदमा नियुक्त गरेको थियो ।