सुनकाण्डका अभियुक्तको प्रहरी हिरासतमा मृत्यु

३३ किलो सुनकाण्डका अभियुक्तको प्रहरी हिरासतमा रहस्यमय मृत्यु 
चैत्र ३०, काठमाडौं –महानगरीय प्रहरी बृत्त सिंहदरबारमा एक अभियुक्तको मृत्यु भएको छ । बर्दिया राजपुर नगरपालिका प्रयागपुर घर भई हाल काठमाडौंमा बस्दै आएका प्रेमलाल चौधरीलाई प्रहरीले ३३ किलो सुन काण्डमा हिजो पक्राउ गरेको थियो ।

मृतक चौधरी ३० वर्षदेखि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा लोडरका रुपमा कार्यरत थिए ।
सुन तस्करीमा तस्करहरूलाई सहयोग गरेको अभियोगमा विमानस्थलबाट चौधरी पक्राउ परेका थिए ।
अनुसन्धानका लागि महानगरीय प्रहरी बृत्त सिंहदरबारमा राखिएका उनको सुरुवालमा लगाएको इजार प्रयोग गरी आज बिहान ४ बजेतिर बाथरुमभित्र झुन्डिएको प्रहरीले जनाएको छ । उनलाई वीर अस्पतालमा उपचारका लागि लगिएको थियो । त्यही उनको मृत्यु भयो।

उनको शव पोस्ट मार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाजगञ्ज लगिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।