प्रहरीको नयाँ आइजिपीमा सर्वेन्द्र , सशस्त्रमा शैलेन्द्र नियुक्त

काठमाडौं – सरकारले प्रहरी नायव महानिरीक्षक (डीआईजी) सर्वेन्द्र खनाललाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा बढुवा गरेको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले आईजीपी पदका लागि दौडमा रहेका तीन डीआईजीमध्ये खनाललाई नियुक्त गरेको हो । आईजीपी पदका लागि डीआईजीहरु रमेश खरेल र पुष्कर कार्की पनि खनालसँगै प्रतिस्पर्धामा थिए ।

त्यस्तै मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरीको महानिरीक्षकमा शैलेन्द्र खनाललाई नियुक्त गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पाेख्रेलले उज्यालाे अनलाइनलाई जानकारी दिनुभयाे ।

नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल तथा सशस्त्रका महानिरीक्षक सिंहबहादुर श्रेष्ठले बुधबारबाट अवकाश पाउँदैछन् ।