‘टिपिकल कम्युनिष्ट शासन सुरु भइसक्यो’ शेखर कोइराला

काठमाडौ, चैत २७ —कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले देशमा ‘टिपिकल कम्युनिष्ट’ शासन सुरु भएको बताएका छन।
नेपाल प्रेस युनियन चितवन शाखाले मंगलबार नारायणगढमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले भने ‘अब न्यायाधीश बिदेश जाँदा कार्यकारीको अनुमति लिनुपर्ने व्यवस्था राखियो। यस्ता कारणले भन्न सकिन्छ न्यायपालिका पनि सरकार मातहत आइसकेको छ । टिपिकल कम्युनिष्ट शासनको सुरुवात यहा भइसक्यो,’ उनले अगाडि भने ‘न्यायालय कब्जामा लिन थाले। प्रेसमाथि सेन्सरसिप हुने अवस्था आउँदैछ। यो अधिनायकवाद हो।’
नेता कोइरलाले विधान संसोधन गरेर नेपाली कांग्रेसको १४ औं महाधिवेशन छिटो गर्नुपर्ने माग गरेका छन ।