‘कर्मचारी मात्रै होइन आवश्यक परे विभागीय प्रमुखलाई समेत कारवाही गर्छु’ — लालबाबु पण्डित

काठमाडौं चैत्र २७, — खटाएको कार्यक्षेत्रमा जान कर्मचारीलाई दोस्रो पटक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दोस्रो पटक पत्रचार गरेको छ । अघिल्लो पटक दिएको निर्देशनलाई अटेर गर्दै अघिकांश कर्मचारी अझै पनि केन्द्रमै रहेको पाइएपछि सम्वन्धित निकायलाई पत्राचार गरिएको मन्त्री लालबाबु पण्डितले जानकारी दिएका छन । कर्मचारी संगठनको आड र राजनीतिक पहुचको भरमा सरकारी निर्देशन अटेर गर्ने कर्मचारी विरुद्ध सरकार अब कडा रुपमा प्रस्तुत हुने उनले चेतावनी दिए । उनले भने ‘कर्मचारीको हाजिरी जाच भईरहेको छ अब अटेर गर्ने कर्मचारीलाई मात्रै होइन, निर्देशन पालना गर्न नसक्ने विभागीय हाकिमलाई पनि कारवही गर्छु ।’