प्रधानमन्त्रीलाई मानार्थ विद्यावारिधिको उपाधि

 

काठमाडौ, २५ चैत —भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतको गोविन्द बल्लभ पन्त कृषि तथा प्राविधिक विश्वविद्यालयले विज्ञानमा पीएचडीको मानार्थ उपाधि प्रदान गरेको छ ।
प्रधानमन्त्री ओलीलाई आइतबार दिउँसो विश्वविद्यालयमा आयोजित समारोहमा क्याम्पसका कुलपतिले डक्टर अफ साइन्सको मानार्थ उपाधि प्रदान गरेको हो ।