सलमान खानको ‘दबंग द टूर नेपाल’ जेठ १२ मा हुने

काठमाडौ —बलिउड अभिनेता सलमान खान  जेठमा नेपाल आउने भएका छन । शनिवार जोधपुर कोर्टले धरौटीमा रिहा गरेसँगै आइतबार उनको नेपाल दबंग टुरको नयाँ मिति घोषणा गरिएको हो । आयोजक संस्था ओडिसीले एक पत्र आफ्नो फेसबुक पेजमा सार्वजनिक गर्दै सलमानको ‘दबंग द टूर नेपाल’  जेठ १२ मा हुनेऔपचारिक घोषणा गरेका हो ।

अब जेठ १२ मा सलमान आउने पक्का 

सलमानसँगै कार्यक्रममा नायिका सोनाक्षी सिंहा, कृति सेनन, कोरियोग्राफर तथा चर्चित अभिनेता प्रभु देवा, डेजी शाह, मिट ब्रदर, मनिष पावल नेपाल आउने पत्रमा उल्लेख छ । यस अघि सलमान फागुन २६ गते नेपाल आउने तय गरिएको थियो । तर उक्त समयमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीले धम्की दिएको भन्दै कार्यक्रम वैशाखको पहिलो साता हुने बताएको थियो । बिहीबार सलमानलाई दुई कालो हरिण सिकारको मुद्धामा जोधपुरको स्पेशल कोर्टले पाँच वर्षको जेल सजाय सगै अन्योलमा परेको नेपाल टुर अब जेठमा हुने पक्का पक्की भएको  आयोजकले फेसबुक मार्फत जानकारी दिएको छ ।