वर्षाका कारण डीपीएलको पहिलो खेल रद्द

काठमाडौ, चैत २५– रुस्लान धनगढी प्रिमियर लिग डीपीएल क्रिकेट अन्तर्गत आइतबार को महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्सबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको छ।
खेल रद्द भएपछि दुवै टोलीले एक–एक अंक बाडेका छन । हिजो राति र गएराति परेको वर्षाका कारण मैदान हिलाम्य भएपछि आजको पहिलो खेल प्रभावित भएको हो।
यो सँगै काठमाडौं ५ खेलमा ९ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा कायमै छ भने महेन्द्रनगर ६ अंकका साथ तेस्रो स्थानमा छ । यी दुवै टोली यसअघि नै प्रतियोगिताको प्लेअफमा प्रवेश गरेका छन ।