अम्बिका गुरुङको नयाँ गीत ‘माया लगाइ’… (हेर्नुस भिडियो)

काठमाडौं – पछिल्लो समयकी चर्चित अनि सक्रिय गीतकार अम्बिका गुरुङको शब्द शृजनामा अर्को नयाँ गीत ‘माया लगाइ’को भिडियो सार्वजनिक गरिएको छ । गीतमा शंकर थापा(स्माइल) को आवाज र संगीतमा रहेको छ भने एरेन्ज उदयराज पौडेलको रहेको छ । आर.बि रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीत अशोक महर्जनले मिक्सिङ् गरेका छन् ।

मंगलबार मात्र रिलिज गरिएको भिडियोमा अर्जुन अधिकारीको निर्देशनमा रहेको छ भने सम्पादन निशान घिमिरेको र छायांकन उत्सव दाहालले गरेका हुन् । भिडियोमा निराजन प्रधान र सरा श्रीपालीको अभिनय देख्न सकिने छ।

विगत दुई दशक अघिदेखि अमेरिकामा बस्दै आउनुभएकी गीतकार अम्विका गुरुङका शब्दहरु आजकल निकै गुञ्जन थालेका छन् । गुरुङद्धारा रचना गरिएका माया प्रेम देखि लिएर देशभक्ति समेत गरि करिव १ सय भन्दा बढि गीतहरु रेकर्ड भैसकेका छन् । जसलाई नेपालका चर्चित गायक गायिकाले स्वरवद्ध गरेका छन् भने श्रोताद्धारा अत्याधिक रुचाईएका छन् ।

हेर्नुस भिडियो