प्रधानमन्त्री ओली तीन दिनको राजकीय भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओली तीन दिनको राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। बिहान ९ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट ओली भारत प्रस्थान गरेका हुन्।

भ्रमणमा प्रधानमन्त्रीसँगै नेपाल सरकारका मन्त्री, सांसद्, मुख्यसचिव, सचिव र प्रधानमन्त्रीका सचिवालयका सदस्यसहित ५४ सदस्य छन्।
दोस्रो पटक प्रधानमन्त्री भएपछि ओलीको यो पहिलो विदेश भ्रमण हो। प्रधानमन्त्रीको बिदाइमा सभामुख, राष्ट्रियसभा अध्यक्ष तथा नेपाल सरकारका मन्त्रीहरुले बिदाइ गरेका थिए।

ओली नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट ओली राष्ट्रपति भवनमा पुग्नेछन्।