चैत्र २१, काठमाडौं – पार्टी एकताको लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच गठन भएका दुई कार्यदलले चुनाव चिन्ह र प्रस्तावनाबारे निर्णय लिने जिम्मेवारी दुई अध्यक्षलाई दिएका छन् ।
कार्यदलले मंगलबार एकता संयोजन समितिलाई प्रतिवेदन बुझाएका थिए । ‘चुनाव चिन्ह र प्रस्तावनामा लेख्ने विषयमा निर्णय लिन कार्यदलले दुई अध्यक्षलाई जिम्मा दिएको छ,’ राजनीतिक प्रतिवेदन मस्यौदा कार्यदलका सदस्य देवेन्द्र पौडेलले भने, ‘जनयुद्ध वा जनक्रान्ति के लेख्ने भन्नेबारे छलफल भएको छ । त्यसको निर्णय अध्यक्ष द्वयले गर्नु हुनेछ ।’
मंगलबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रतिवेदन बुझेका थिए । प्रतिवेदन अध्ययन पछि एकता संयोजन समितिको बैठक बिहीबार बस्ने छ । यस्तै कार्यदलले पार्टी एकता बैशाख ९ गते गर्न सुझाव दिएको छ । एकताको मितिबारे पनि एकता संयोजन समितिले अन्तिम निर्णय लिनेछ । एकता संयोजन समितिमा एमालेका तर्फबाट अध्यक्ष ओली सहित माधवकुमार नेपाल, झलनाथ खनाल र महासचिव ईश्वर पोखरेल छन् ।
नागरिकबाट