मुख्य पार्टी नै आर्थिकमा अपारदर्शी

चैत १२, काठमाडौं—सुशासनको नारालाई महत्व दिने प्रमुख दलहरु नै आर्थिक कारोवारमा पारर्दशी देखिएका छैनन । बाम गठवन्धनको सरकारले देशको सम्बृद्धि सुशासनमा रहेको भन्दै आएका छन भने यता कांग्रेसका केन्द्रिय समितिले पार्टीको नेतृत्वको कमीले पराजय भएको आरोप आफैलाई लगाउदै आएकोछ । २५ हजार भन्दा माथिको चन्दामा बिकङ प्रणाली मार्फत कारोबार गर्नु पर्ने कानुनी व्यवस्था । तर, कांग्रेस, माओवादी केन्द्र र एमाले सहित प्रमुख दलको आम्दानी र खर्च भने पारदर्शी पटक्कै देखिदैन । धेरै जसो पार्टीको लेवी र सदस्यता लिएको रकम मात्रै पार्टीले बैकमा राख्ने चलन छ ।
अरु चन्दामा आउने रकमहरु पार्टी नेताहरुलको आफ्नै मनोमानिमा खर्च हुने अनलाईन खबरले लेखेकोछ । एमाले पार्टीले आम्दानी र खर्चबारे जानकारी दिन मानेन । त्यस्तै, पार्टी आर्थिक विभागको जिम्मा लिएका प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालका अनुसार माओवादी संग पार्टि एकता भएपछि मात्रै जानकारी गराउने र्तक दिए । कांग्रेको चाहि बार्षिक आम्दानी ६ करोड हुने अनुमान गरे । कांग्रेसले चार करोड मुद्धति खातामा बचत राखेको अनलाइन खबरले बताएकोछ । त्यस्तै, माओवादीले भने वार्षिक तीन करोड आम्दानी भए खातामा ६ लाख मात्र बचत रहेको सुनाएकोछ ।