इयुको प्रतिवेदनमाथि प्रतिनिधि सभा सांसदको आपत्ती

चैत १२, काठमाडौं—सोमबार बसेको प्रतिनिधि सभाको सांसदहरुको बैठकले युरोपेली संघ(इयु) को निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलद्धारा प्रस्तुत निर्वाचन प्रतिवेदनको विरोध गरेका छन् । उनीहरुले सार्वभौम सत्ता मुलुक माथि अनावश्यक हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएका थिए । नेकपा एमालेका भीम रावलले बैठकमा विशेष समयको माग गर्दै नेपाली जनताको चाहनामा निर्माण भएको संविधानका प्रावधानमाथि प्रहार हुने गरि इयुले प्रतिवेदन निकालेकोमा आपत्ती रहेको बताए ।
नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्र बहादुर कार्कीले सुनसरी क्षेत्र नं ४ मा गत शनिबार आगलागिबाट भएको क्षतिबारे जानकारी गराए । र तत्काल सरकार समक्ष राहत माग गरे । माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले इयुको निर्वाचन पर्यवेक्षण प्रतिवेदन नेपालका लागि अपमानजनक रहेको बताए । मधेशी,थारु र मुस्लीम समुदाय अझै पनि विभेदमा परेको बताउदै राष्ट्रिय जनता पार्टी नेपालका लक्ष्मण लाल कर्णले समानुपातिक समावेशी व्यवस्थामा रहेका कमजोरी सच्याउनु पर्ने धारणा राखे ।