कहाँ पुग्यो संविधान संशोधनको एजेन्डा ?

चैत्र १२,काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक्ता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने बताउनुभएपछि चर्चामा आएको संविधान संशोधन को विषयमा अहिले संवादको पर्खाईमा छ ।

संघीय समाजवादी फोमर नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले पछिल्लो समय प्रधानमन्त्री ओलीले संविधान संशोधनको विषयमा छलफल गर्न नचाहेका कारण वार्ता टुटेको बताउनु भयो ।

सहअध्यक्ष श्रेष्ठले पछिल्ला दिनमा राष्ट्रिय जनता पार्टी राजपा नेपाल र फोरम नेपालका नेतासँगको वार्ता तथा छलफल टुटेको बताउनु भयो ।, आजको गोरखापत्रमा यो खबर छ ।