कार्यालय समयमा समाजिक सञ्जाल फेसबुकमा प्रतिबन्ध

 

इमेलखबर
सुर्खेत—कार्यालय समयमा सामाजिक सञ्जाल फेसबुक बन्द गर्न कर्णाली प्रदेशका सरकारले गृहकार्य सुरु गरेकोछ । मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कार्यालय समयमा फेशबुक चलाउन प्रतिबन्ध लगाउने विषयमा इन्टरनेट सेवा प्रदायकसंग छलफल सुरु गरेकोछ ।
आइतबार वल्र्डलिंक, सुबिसु, सुर्खेत, केवल नेटलगायत कम्पनीका स्थानीय प्रमुखसंग वर्किङ आवरमा फेशबुक बन्द कसरी गर्न सकिन्छ ? बारे मुख्यमन्त्री शाहीले जानकारी र छलफल लिएका छन् । सेवा प्रदायक कम्पनीले आधिकारीक पत्र प्राप्त भएमा सम्बन्धीत कार्यालयमा अफिस आवरमा फेसबुक बन्द गर्न सकिने सम्भावना रहेको मुख्यमन्त्रीका प्रमखु स्वकीइ सचिव सुरेश पहाडीले बताए ।