व्यापारी भण्डारी दम्पत्ती हत्याकाण्डका अपराधी पक्राउ

बुटवल—रुपन्देहीको सैनामैना दुधराक्षका अर्जुन गौतम बुटवलका व्यापारी भण्डारी दम्पत्ती हत्याकाण्डको आरोपमा पक्राउ परेका छन् । हत्याकाण्डका योजनाकार रहेका अर्जुनलाई शनिबार रुपन्देही प्रहरीले सीमा क्षेत्र बेलहियाबाट पक्राउ गरि आइतबार बुटवलमा सार्वजनिक गरिएको हो ।
२०६७ असार ९ गते दिउसो उनले बुटवल जेसिसचोकस्थित विष्णु भण्डारी स्टोर्सका संचालक २४ वर्षीय रमेश भण्डारी र उनकी श्रीमती २८ वर्षीया आशा भण्डारीलाई गोली हानी हत्या गरेका थिए । अर्जुनले हत्या गरेर पसलबाट ५ लाख १८ हजार रुपैया लुटेर लगेका थिए । उनी संगै गोली हान्ने उनका दाजु कृष्ण गौतम अहिले सम्म फरार रहेको प्रहरीले जनाएकोछ ।