वर्षेनि ४५ हजार नयां क्षयरोगका विरामी थपिने

 

चैत, ११ काठमाडौं— नेपालमा बहुऔषधि प्रतिरोधी क्षयरोगका विरामीको संख्या बढ्दै गएको तथ्य पत्ता लागेकोछ । २०७४ मा वर्षेनी १ हजार ५ सय बहुऔषधि प्रतिरोधी क्षयरोगका विरामी थपिने गरेको राष्ट्रिय क्षयरोग केन्द्रले उल्लेख गरेकोछ । केन्द्रका निर्देशक डा. केदारनर सिंह केसीका अनुसार चार सय विरामी उपचारमा रहेको बताए ।
मल्टी ड्रग रेसिडेन्ट एमडीआरको समस्या व्यवस्थापन गर्न अत्यन्त चुनौतिपुर्ण रहेको उनले बताए । मुलुकभर ६ वटा उपचार केन्द्रबाट बहु औषधि प्रतिरोधी क्षयरोगको उपचारका लागि सरकारले छोटो अवधिको उपचार विधी सुरु गरिसकेको छ । विश्व स्वास्थ्य संगठनले नेपालमा प्र्रत्येक वर्ष ४५ हजार नया क्षयरोगका विरामी थपिने गरेको बताएकोछ ।