एसियाको २५ उत्कृष्ट गन्तव्य मध्ये ६ औं स्थानमा नेपाल

 

इमेलखबर
काठमाडौं—पर्यटकका लागि एसियाका २५ उत्कृष्ट गन्तव्य मध्ये, काठमाडौं छैठौैं स्थानमा पर्न सफल भएकोछ । ट्राभल वेबसाइट ट्रिप एडभाइजरले हालै गरेको अनुसन्धानमा यस्तो पत्ता लगाएको हो । एसियाको उत्कृष्ट गन्तव्यहरुको सुचीको अग्रस्थानमा भने इन्डोनेसियाको बाली परेकोछ । त्यस्तै, काठमाडौ भन्दा अघि बाली संगै थाइल्याण्डको फुकेट, भियतनामको हानोइ, क्याम्बोडियाको सियाम रियप , जापानको टोकियो शहर परेका छन् ।
एसियाको आर्कषण गन्तव्य सुचिमा नेपाल छैठौं स्थानमा परे लगत्तै केहि पर्यटकको संख्या बढ्न थालेको उल्लेख छ । बुह संख्यक पर्यटकहरुको गन्तव्य तथा होटल र रेष्टुरेन्ट छनौटका लागि मार्गदर्शनका रुपमा ट्रिप एड्भाइजरलाई लिने गरिन्छ ।