प्रदेश २ : मुख्यमन्त्रीले घोषण गरे स्वच्छता अभियान

चैत ९, जनकपुरधाम—प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वच्छताको स्तरलाई उच्च बनाउने उदेश्यले ‘मुख्यमन्त्री स्वच्छता अभिया’ घोषणा गरेका छन् । सिरहालाई प्रदेश २ को पहिलो खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्दै उनले स्वच्छता मानव विकासको पहिलो खुट्किलो रहेको बताएका छन् ।
सरकारले स्वच्छता अभियानलाई नीति तथा कार्यक्रममा राखेर बजेट पनि ल्याउने व्यवस्था रहेको बताए । सफा बजाउन आफु स्वयं आठै जिल्लाको सडकमा झागु लिएर उत्रिने जानकारी समेत उनले गरे । प्रदेश २ लाई स्वास्थ्य, शिक्षा रोजगारमा ठुलै फड्को मार्नु पर्ने आवश्यक रहेको बताए ।