प्रधानमन्त्री ओली : ‘दुई वर्ष भित्र रेल गुड्छ, पानी जहाज हिड्छ’

 

चैत ९, काठमाडौं—दुई वर्षभित्र रेल सेवा संचालन गर्ने योजना बुनेका प्रधानमन्त्री केपी शर्मा ओलीले यतिबेला पुन उठान गरेका छन् । रेल संगै उनले नेपालको पानी जहाज चलाएर आफ्नो मजाक उडाउनेहलाई काम गरेर जवाफ फर्काउने बताएका छन् ।
शुक्रबार काठमाडौमा २९ औं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रर्दशनीको उद्घाटनमा सरिक भएका प्रधानमन्त्रीले २ वर्षपछि मजाक उठाउनेहरु चुप लागेर बस्ने दावी गरे । किनकी रेल कुद्नेछ भन्दै उनले ठकुवा गरे । पानी जहाज बनाउने कुरामा विभिन्न उदाहरण दिएर हासो बनाएको सम्झदै प्रधानमन्त्रीले २०७५ साल नेपालको पानी जहाजले झण्डा हालेर कसरी सामान मान्छे बोकेर हिड्छ भन्ने सावित गराएर छाड्ने उनले बताए । उनले भने, ‘रेकर्ड गरेर राख्नुहोस् ।’