रसुवा बाहेक अरु जिल्लाकालाई केरुङ नाका जाने व्यवस्था गर्न आग्रह

रसुवा—चीनको केरुङसम्म जानका लागि एकदिने पासको व्यवस्था गर्न नेपालले चीन समक्ष अनुरोध गरेकोछ । नेपाल र चीन सीमावर्ती जिल्लाका अधिकारी बीच शनिबार केरुङमा भएको बैठकले यस्तो माग राखेको थियो ।
रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेका अनुसार चिनियां अधिकारले यस्तो व्यवस्था लागु गर्न आफुले सक्दो पहल गर्ने वचन दिएको बताए । उनीहरुले केन्द्रीय स्तरबाट सहमति भएको खण्डमा यस्तो पास लागु गर्न सकिने सम्भावना रहेको खुलाए । पास नहुदा रसुवा जिल्ला भन्दा बाहिरका व्यापारि लाई व्यापार गर्न कठिनाइ भएको छ ।