‘कन्ट्रोल रुमको आदेश विपरीत ल्याण्ड भएको थियो विमान’ — भिडियो सहित

२८ फागुन, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रशासनले दुर्घटनाग्रस्त यूएस बंगलाको विमान कन्ट्रोल रुमको आदेश विपरित ल्याण्ड भएको बताइएको छ ।
पत्रकार सम्मेलनमा विमानस्थल प्रमुख राजेन्द्र क्षेत्रीले कन्ट्रोल रुपमा साउथबाट ल्याण्ड गर्न अनुमति दिएपनि पाइलटले उत्तरतिर उडाएको जानकारी दिए । उनले भने ‘पाइलटले उत्तरतिर गएर केहीबेर उड्यो र त्यतैबाट ल्याण्ड गर्छु भन्यो ।’
त्यसपछि ल्याण्ड गर्ने क्रममा पज डाउन गरेको र त्यसक्रममा स्किड भएको क्षेत्रीले बताए ।

भिडियो